संसद सचिवालयको महासचिव नियुक्तिका लागि पदम पाण्डेको नाम सिफारिस


२५ मंसिर २०८०, सोमबार ११:५५ मा प्रकाशित

काठमाडौ । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् ।

हालका महासचिव डा। भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको हो । गौतमको कार्यकाल आगामी भदौमा सकिदैछ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएको स्रोतले बतायो ।

पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here