झापा । झापाका चारवटा पालिकाहरुले आज स्थानीय विदा दिएका छन् ।
हिन्दू धर्मावलम्बीहरुको पर्व बाला चतुर्दशीका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज विदा दिएका हुन् ।
ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएका छन् ।
बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय, मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सतविज छर्ने भक्तालुहरूको भीड लाग्ने गरेको छ ।