अर्जुनधारा जलेश्वर धाम समितिद्वारा आचार्य बालकृष्ण अभिनन्दित


२५ मंसिर २०८०, सोमबार ०७:१४ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा जलेश्वर धाम समितिले आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई अभिनन्दन गरेको छ ।

बाला चतुर्दशीको अघिल्लो रात धाममा आयोजित भव्य समारोहमा लाखौं सर्वसाधारणको उपस्थितिमा धाम समितिले आचार्य बालकृष्णलाई अभिनन्दन गरेको हो ।

धामका अध्यक्ष नवीन गट्टानी, महासचिव शिवलाल खतिवडा, धामका व्यासाचार्य पण्डित कुबेर सुवेदी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले आचार्य बालकृष्णलाई अभिनन्दन गरेका हुन् ।

अभिनन्दनपछि समारोहलाई सम्बोधन गर्दै अर्जुनधारा जलेश्वर धाममा साक्षात भगवानी शिवको बास रहेको बताउनुभयो ।

उहाँले नेपालीहरूमा धार्मिक विश्वास र आस्था उत्तम रहेको बताउँदै आयुर्वेद मानव जीवनका लागि उपचारको उत्तम पद्धति रहेको बताउनुभयो ।

आचार्य बालकृष्ण धामको ४१ औं बार्षिक अनुष्ठानमा सहभागी हुन आइतबार भारतबाट अर्जुनधारा आउनुभएको हो ।

उहाँ सोमबार भारत फर्कँदै हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here