काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिमा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशनम लैजाने गरि तयारी गर्न निर्देशन दिनुभएको छ ।
सोमबार सिंहदरबारमा विषयगत समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरेले विधेयकको कामलाई प्राथमिकता दिएर संसदको आगामी अधिवेशनम लैजाने गरि तयारी गर्न निर्देशन दिएको हो ।
उहाँले समितिमा कोरम नपुगेर स्थगित हुने समस्यालाई समाधान गर्न पनि निर्देशन दिनुभयो । समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन हटाउन, समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अवगत हुन पनि उहाले सुझाव दिनुभयो ।
सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूणर्साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिको निर्देशन कार्यान्वनको अवस्था, समितिको कार्यक्षेत्र लगाएतका बिषयमा छलफल भएको जानकारी दिनुभयो । सरकारसंगको समन्वयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा पनि छलफल भएको उहाँको भनाइ छ ।
बैठकमा समिति सभापतिले सम्बन्धीत समितिमा भएका बैठक, निर्देशन, उपलब्धि र अन्य कार्यसम्पादनसम्बन्धी विषयमा जानकारी गराएका थिए ।