स्वास्थ्य बीमालाई व्यवस्थीत तवरले अघि बढाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतकाे भनाइ


६ मंसिर २०८०, बुधबार १६:१८ मा प्रकाशित

काठमाडौ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थीत तवरले अघि बढाउने बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थीत तवरले अघि बढाउने बताउनुभएको हो ।

एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा पुगेरपनि सुविधा लिन सक्ने गरि तयारी गर्न उहाले बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।

उहाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्तिको दरबन्दी थप्ने तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले शिक्षा नीतिले विद्यार्थीलाई विदेश पलायन हुन बाध्य बनाएको भन्दै स्वास्थ्य जनशक्ति उत्पादन गर्न र विदेशीलाई पनि नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षण गराउन शिक्षा नीति सच्याउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here