नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँः बालेन्द्र साह


२८ कार्तिक २०८०, मंगलवार १९:३३ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताउनु भयो । उहाँले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यु पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’

मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत प्रयोग गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here