ट्रेनले किचेर जनकपुरमा एकजनाको ज्यान गयो


२८ कार्तिक २०८०, मंगलवार १९:३७ मा प्रकाशित

जनकपुरधाम । जनकपुरधामबाट जयनगर जाँदै गरेको ट्रेनले किचेर एकजनाको ज्यान गएको छ ।

नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ ।

ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here