प्रधानमन्त्रीको स्पष्टोक्तिः सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध


२८ कार्तिक २०८०, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनुपरेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निणर्य गरेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताउनु भयो ।

उहाँले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको बताउनु भयो । टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको स्पष्टोक्ति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here