मोरङमा ‘बाढीका कारण ३ सय परिवार विस्थापित’


२७ असार २०७६, शुक्रबार १२:२४ मा प्रकाशित

विराटनगर । मोरङमा बाढीका कारण तटिय क्षेत्रमा बसोबास गर्दै आएका करिब ३ सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सबैभन्दा बढी विराटनगर भएर बग्ने सिंघिया खोलामा बाढीको स्तर बढ्दै गएपछि वडा नं. १ र ८ का करिब २ सय ५० सुकुम्बासीहरुको घर घरमा पानी पसेको छ । यसैगरी विराटनगर महानगरपालिका वडा नं. १६ दरैया बस्तीमा बर्षाको पानी पसेपछि करिब १५ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । त्यस्तै लोहन्द्रा खोलाको पानी छिरेपछि राम चोकका स्थानीयहरु पनि विस्थापित भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीबाट डुबानमा परेकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न शुरु गरेको छ । विराटनगर क्षेत्रमा बिहिवार बिहान ८ बजे देखि शुक्रवार बिहान ८ बजे सम्म २४ घण्टामा १७२ मिलिमिटर वर्षा भएको हावापानी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here