प्रधानमन्त्री दाहालद्वारा सर्वदलीय बैठक आह्वान


२१ कार्तिक २०८०, मंगलवार १०:४९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here