एकीकृत समाजवादीद्वारा भूकम्प पीडितका लागि २५ लाख सहयोग


२१ कार्तिक २०८०, मंगलवार ११:३४ मा प्रकाशित

काठमाडौ । नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ ।

बालुवाटारमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।

पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको समाजवादीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here