पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा


२१ कार्तिक २०८०, मंगलवार १०:२४ मा प्रकाशित

काठमाडौ । पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तहरूले कुटपिट गरेकाले उनीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प गरेका हुन् ।

१८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न व्यक्तिबाट कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की समेत दिएर बन्धक बनाएको उनीहरूको आरोप छ ।

यस्ता अमानवीय गतिविधि भएको २ दिनबित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here