झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको निधन


१६ कार्तिक २०८०, बिहीबार १९:१६ मा प्रकाशित

झापा । २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ ।

कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।

वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो ।

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लाग्नुभएका वाग्ले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here