सर्वोच्च अदालतको परमादेशलगत्तै रिगल भनिने योगराज ढकाल पक्राउ


१६ कार्तिक २०८०, बिहीबार १८:१० मा प्रकाशित

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ ।

व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको जानकारी दिए ।

रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here