टी-२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानबीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै


१६ कार्तिक २०८०, बिहीबार ०७:५० मा प्रकाशित

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल इतिहासमा दोस्रोपटक टी-२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ ।

शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।

समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्‍यो । लगातार दोस्रो जीतपछि नेपालले ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here