क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी दिन आह्वान गर्ने संसदीय सुनुवाई समितिको निर्णय


१५ कार्तिक २०८०, बुधबार १२:३० मा प्रकाशित

काठमाडौ । संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मन्त्रिपरिषद्को कार्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका परराष्ट्र मन्त्रालयका सचिव पौड्याल उपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाले बताउनुभयो ।

मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कार्तिक ३ गते सुनुवाईका लागि समितिमा पत्र पठाएको थियो । मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here