सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य


१३ कार्तिक २०८०, सोमबार ११:०५ मा प्रकाशित

काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ ।

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो ।

जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा  ९ विकेट विकेटको क्षतिमा १ सय ४५ रन मात्रै बनायो ।

सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २ ÷२ विकेटको योगदान गरे ।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here