आईसीसी टी– २० विश्वकप क्रिकेट छनौटः नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै


१३ कार्तिक २०८०, सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ ।

सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ९ बजेबाट सुरु हुनेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

जसअनुसार आज नेपाल र सिंगापुरबीचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here