मोबाइल चार्ज गर्ने क्रममा झापामा एकको मृत्यु


२६ असार २०७६, बिहीबार १७:१७ मा प्रकाशित

मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ।

चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मृतक बालक गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत थिए।

महतोको बिहीबार बिहान करिब १० बजे मोबाइलबाटै करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र पौडेलले पुष्टि गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here