भारतीय दूतावासको पत्रमाथि उठेका पश्नको उत्तर परराष्ट्रले दिनुपर्छः मन्त्री खनाल


२६ असार २०७६, बिहीबार १७:२० मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम सो निर्णयपछि पनि नरोकिएको पनि स्पष्ट पारेका थिए ।

मन्त्री खनालले तत्कालका लागि कृषकका लागि मलको अभाव नभएको पनि बताए । उनले मनसुन सूरु भएकाले धान रोपाईँमा अव समस्या नहुने पनि बताए । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here