त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै


१० कार्तिक २०८०, शुक्रबार ०८:०२ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको नेपाल र तीन खेल हारका बाबजुत फाइनल पुगेको युएई उपाधि होडमा भने नेपाललाई हराउने लक्ष्यमा रहेको छ।

नेपाल, युएई र हङकङ समिलित सिरिजमा नेपालले युएई र हङकङलाई सबै ४ खेलमा पराजित गरेको थियो।

युएईले भने हङकङलाई एक खेलमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here