वामपन्थी नेता बाँस्तोला आठ दिनदेखि प्रहरी हिरासतमा, के कारणले राखियो हिरासतमा ?


९ कार्तिक २०८०, बिहीबार १५:२१ मा प्रकाशित

दाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी ज्यान मुद्धाको अनुसन्धानको क्रममा विगत आठ दिनदेखि प्रहरी हिरासतमा राखिएको छ ।

उनी इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याइएको थियो । तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए ।

घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी हिरासतमा बस्दै आएका छन् ।

दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने हुँदा नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको दाङ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here