एनआरएनएको विवाद बढ्दो अवस्थामा


३ कार्तिक २०८०, शुक्रबार १७:१० मा प्रकाशित

काठमाडौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद बढ्दै गएको छ ।

शुक्रबार अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्मा लगाएतले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन् ।

निर्वाचन प्रक्रियामा धाँधली भएकाले अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने उनीहरुको भनाइ छ । प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक निर्वाचन गराइएको थियो तर पूर्वनियोजित रुपमा सेटिङ गरी नतिजा घोषणा गरिएकाले मान्य नहुने असन्तुष्ट पक्षले जनाएका छन् ।

यसैबीच एनआरएनएको विवादको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई निजी कम्पनीको सुरक्षाकर्मी र एनआरएनएका प्रतिनिधिहरुले दूव्र्यव्यवहार गरेका छन् । उनीहरुले भिडियो खिच्न लाग्दा सञ्चारकर्मीको क्यामरा खोस्ने प्रयास गर्दै भिडियो मेट्न धम्की समेत दिएका थिए ।

अध्यक्षमा निर्वाचित केसीले एक हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । साथै अध्यक्षका प्रत्यासी आर के शर्माले एक हजार दुई सय ८१ र महेश श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गर्नुभएको घोषणा निर्वाचन समितिले गरेको थियो ।

संघले उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित भएको घोषणा गरेको छ भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएको जनाएको छ ।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो । अष्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here