मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महङ्गो भएको सर्वसाधारणको गुनासो


३ कार्तिक २०८०, शुक्रबार १६:४१ मा प्रकाशित

काठमाडौ । भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महङ्गो भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्राको मूल्य यस बर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउदा लागत बढ्न गएको हो ।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here