जटिल अंक गणितले मध्यावधि निर्वाचन छल्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको कांग्रेस नेता कोइरालाको भनाइ


४ कार्तिक २०८०, शनिबार ०८:१६ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गर्नुभएको छ।

गृहनगर विराटनगर आएका नेता कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गर्नुभएको हो।

कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन छल्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको उहाँको भनाइ छ।

कोशीमा गठन भएको सरकारका कारण दलीय गठबन्धन, संघीय सरकार एवं अरु प्रदेशमा कुनै असर नपर्ने कोइरालाले बताउनुभयो।

कोशी प्रदेश मन्त्रिपरिषद् दसैँपछि हुने उहाँले उल्लेख गर्नभयो।

सरकार बनाउन कसैको पनि बहुमत नपुग्ने अवस्थामा प्रदेशमा मध्यावधि निर्वाचनको जोखिम बढेको कुरालाई ध्यान दिंदै त्यसलाई टार्न एमालेसँग मिलेर सरकार बनाइएको कोइरालाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here