पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


३ कार्तिक २०८०, शुक्रबार १५:३७ मा प्रकाशित

काठमाडौ । पोखरामा विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको मृत्यु भएको छ ।

पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२(०१६ प ७०८४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here