विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड


३ कार्तिक २०८०, शुक्रबार १२:२७ मा प्रकाशित

नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ ।

कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन् । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् ।

घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here