सरकार परिणाममुखी कार्यमा सफल भएको प्रधानमन्त्री दाहालको भनाइ


२ कार्तिक २०८०, बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिणाममुखी कार्यमा सफल भएको बताएका छन् । उनले न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन मार्फत संस्थागत तथा प्रक्रियागत काममा सरकार सफल भएको बताएका हुन् ।

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल सफल भएको जनाउँदै उनले विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी नेपाली नागरिकको उद्वार गरेर नेपाल ल्याएको बताएका छन् ।

जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लटमा २५४ जना र दोस्रो लटमा भारत हुँदै थप १८ जना नेपालीको उद्धार गरिसकेको जनाएका छन् । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल सकुशल नेपालीको उद्वारमा लागेको उनको भनाई छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएकामध्ये मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउनका लागि प्रक्रियागत कार्य भइरहेको जनाउँदै उनले इजरायलमा वेपत्ता नेपाली विद्यार्थीको खोजीकार्यमा समेत प्राथमिकताका साथ लागि रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here