चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात, अस्पताल भर्ना


२ कार्तिक २०८०, बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौं । चीनमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । हृदयघात भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।

चेकजाँचका क्रममा उहाँलाई ‘माइल्ड हर्टअट्याक’ भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उहाँको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here