त्रिदेशीय टी२० आई सिरिजः यूएईमाथि नेपालको सहज जित 


१ कार्तिक २०८०, बुधबार १६:४४ मा प्रकाशित

काठमाडौ । बुधबार सुरु भएको त्रिदेशीय टी२० आईमा नेपालले यूएईमाथि सहज जित हात पारेको छ । मूलपानी मैदानमा पहिलो टी२० आई हुँदा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १४० रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १९ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ५१ रन र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । त्यसअघि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएपछि यूएई सस्तैमा रोकिएको थियो । 

त्रिदेशीय सिरिजमा अर्को टिम हङकङ समावेश छ । नेपालमै हुने टी२० विश्वकप प्रतियोगिताको एसिया छनोटको तयारीका लागि यो त्रिदेशीय सिरिज महत्वपूर्ण मानिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here