कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत


१ कार्तिक २०८०, बुधबार १६:४१ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बन्नुभएका कार्कीले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गर्नु भएको हो ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत विपक्षमा ५ मत खस्यो। राप्रपाका एक सांसद अनुपस्थित रहे । संविधानको धारा १६८ ९५०अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन्।

यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here