कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने


२९ आश्विन २०८०, सोमबार १९:०२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्वय समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताउनुभयो ।

केन्द्रमा गठबन्धनको शीर्ष नेतृत्वबीच कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमतिविपरीत शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले ‘विद्रोह’ गरेका थिए ।

नेकपा एमालेका ३९ र कांग्रेस शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिँदै हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here