‘देश काम लाग्दैन, देशमा अवसर छैन’ भन्ने भ्रम चिर्ने काम गर्न ओलीको निर्देशन


२९ आश्विन २०८०, सोमबार १८:३१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकप्रतिको भ्रमलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले नेपालजस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गर्नुभयो । नागरिक सर्वोच्चताको कुरा सुन्न नचाहनेहरु बिरुद्ध जनतालाई सजक बनाउने काम एमालेले गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालमा रहेका अथाहा प्राकृतिक स्रोतहरुको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले एमाले अध्यक्ष नफेरिने पार्टी नभएको र गतिशील पार्टी भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here