कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने


२९ आश्विन २०८०, सोमबार १८:२३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने हुनु भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिनअघि मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लाग्नु भएको हो ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गर्नुभएको छ ।

विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार सोमबार प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।

आफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बन्नु भएको हो ।

एमालेका उपनेता रामबहादुर मगर र आफूसँगै कांग्रेसमा ‘विद्रोह’ गरेका इलामबाट प्रतिनिधित्व गर्ने सांसद शम्शेर राईलाई आइतबार उहाँले विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here