इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदको भनाइ


२९ आश्विन २०८०, सोमबार १६:४० मा प्रकाशित

काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिटै नेपाल ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।

अन्य पाँचवटा शवको जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उहाले बताउनुभयो । मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाले पीडाका बेला एक हुन्छौ भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाज लगाएत सवै प्रति आभार प्रकट गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here