अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतको दाबी


२९ आश्विन २०८०, सोमबार १५:४५ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताउनुभएको छ ।

सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here