कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा पदबाट राजीनामा


२७ आश्विन २०८०, शनिबार १४:४८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ ।

थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिनुभएको हो । संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिनुभयो ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै संसदीय दलका नेता थापाले राजीनामा दिएको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here