कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्छः प्रधानमन्त्री दाहाल


२७ आश्विन २०८०, शनिबार १५:५१ मा प्रकाशित

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताउनुभएको छ ।

शनिबार चितवन पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको भन्दै विश्वासको मत दिने बताउनुभएको हो ।

उहाँले कोशीको समस्या समाधान गरिएको र यसले गठबन्धनलाई बलियो बनाउने दावी गर्नुभयो । शनिबार बिहान नै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै उहाँले गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here