सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाईं घाइते


२७ आश्विन २०८०, शनिबार १०:२० मा प्रकाशित

काठमाडौं । आज बिहान सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा हेलिकप्टरमा पाइलट प्रकाशकुमार सेढाईं घाइते हुनुभएको छ । उहाँलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here