कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त


२७ आश्विन २०८०, शनिबार १०:०६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गर्नुभएको थियो । यद्यपि अन्तिम समयमा उहाँले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताउनु भएको थियो । 

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here