जनताका समस्या समाधान गर्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ठोस योजना ल्याउन्ः सिटौला


२० आश्विन २०८०, शनिबार १९:३३ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि जनाउँदै ग्रामीण क्षेत्रका जनताको समस्या समाधानका लागि ठोस योजना ल्याउनुपर्ने बताए ।

शनिवार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले ग्रामीण भेगका जनताले चाडपर्व मनाउने वातावरण जनप्रतिनिधिले बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको जिल्ला सम्मेलनमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमाथि अहिले धेरै आक्षेप लगाउने काम भइरहेको बताए ।

जति आक्षेप लगाइए पनि पार्टीका नेता तथा कार्यकर्ता बहकिन नहुने उनले बताए । महामन्त्री शर्माले सिके प्रसाईको विचार जन्मिएको झापा जिल्लाले सिंगो देशमै प्रभाव पारेको उल्लेख गरे ।

सभालाई सम्बोधन गर्दै सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पछिल्लो समय पार्टीप्रति आम नागरिकको वितृष्णा जागेको भन्ने बाहिरी हल्ला सुने पनि त्यस्तो नभएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here