विश्वासको मत पाउन सक्ने आधार नरहेपछि कोशी प्रदेश मुख्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा


२० आश्विन २०८०, शनिबार १६:१४ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) लाई टेकेर कार्की मुख्यमन्त्री बन्नुभएको थियो ।

संविधानअनुसार ३० दिनभित्र विश्वासको मत दिनुपर्ने बाध्यता अनुसार शनिबार विश्वासको मत नआउने भएपछि उहाले राजीनामा दिनुभएको हो । बैठकमा राजीनामाको घोषणा गर्दै कार्कीले प्रदेशलाई मध्यावधीमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो ।

त्यसअघि शनिबार नै बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । कार्कीको राजीनामासंगै संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here