कोशीमा चौथोपटक पनि ढल्यो सरकार


२१ आश्विन २०८०, आईतवार ०७:३२ मा प्रकाशित

विराटनगर । सर्वोच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको र एमाले सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले कसैको स्पष्ट बहुमत नभएको अवस्थामा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प भएको दाबी पनि गर्नुभयो ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएकोमा खुसी व्यक्त उहाँले आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here