प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता


२० आश्विन २०८०, शनिबार १४:४४ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिबार प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच करिब पौने एक घण्टा कुराकानी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here