बझाङमा केन्द्रबिन्दु भएर शनिवार पनि गयो भूकम्प


२० आश्विन २०८०, शनिबार १२:२७ मा प्रकाशित

काठमाडौँ । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो ।

जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो ।

गत १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here