कोशी प्रदेशः मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिँदै


१९ आश्विन २०८०, शुक्रबार १९:३९ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि असोज २० गते विश्वासको मत लिने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताउनुभएको हो ।

उहाँले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताउनुभयो ।

कार्कीले विश्वासका मत लिने तयारी गरिरहदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षर सहित गठबन्धनको सरकार बनाएर नै जाने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here