सामाजिक सञ्जालमा सक्रियता बढाउन ओलीको निर्देशन


२० आश्विन २०८०, शनिबार ०८:०६ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाउन निर्देशन दिनु भएको छ ।

शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको उद्घाटन गर्दै उहाँले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले चेतना अभिवृद्धिका लागि सामाजिक सञ्जालमा सक्रिय रहन आग्रह गर्नुभयो । ओलीले बेठिकका विरुद्ध, ठिकका पक्षमा हस्तक्षेप गर्न निर्देशन दिनुभयो ।

“सामाजिक सञ्जालमा सक्रियता, हस्तक्षेप आवश्यक छ,” उहाँले भन्नुभयो, “साथीहरुको फेसबुकमा कामका कुरा, ज्ञानका कुरा केही लेखेको छैन । चिनेका साथीहरुको फेसबुक हेर्यो, कामको कुरा केही छैन । यस्तो हस्तक्षेप होइन, जगारणका लागि, भ्रम, अन्योल चिर्नका लागि हस्तक्षेप । अगाडि बढ्ने उपाय, पार्टी युनिटी, पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here