बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि पराकम्प जाने क्रम जारी


१७ आश्विन २०८०, बुधबार ०८:२६ मा प्रकाशित

बझाङ । बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान मात्रै दुई पराकम्प आएका हुन् ।

बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्प गएको छ । यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा पराकम्प गएका थिए ।

यीबाहेक सानासाना पराकम्प गइरहेको केन्द्रले जनाएको छ । भूकम्पले घर भत्काउँदा कतिपय परिवारले खुला आकाशमुनि रात बिताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here