कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा बिजयी


१७ आश्विन २०८०, बुधबार ०९:०५ मा प्रकाशित

झापा । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा बिजयी हुनुभएको छ ।

सोमबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा थापा विजयी हुनुभएको हो ।

थापाले प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गर्नुभएको हो । थापाले जम्मा ५२३ मत ल्याउँदा उहाँका निकत्तम प्रतिद्वन्द्वी नरेन्द्रप्रसाद फुयालले ३७६ मत मात्रै ल्याउनुभयो ।

यसैगरि महासचिवमा समेत शेरबहादुर थापाकै प्यानलका दिनानाथ खतिवडा बिजयी हुनुभएको छ ।

खतिवडाले ४३५ मत ल्याएर बिजयी हुँदा उहाँका निकत्तम प्रतिद्धन्द्धी यहाँका दलका तर्फबाट उम्मेद्धारी दिनुभएका कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याउनुभयो । बाकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्धारी दिनुभएका उम्मेद्धारहरु बिजयी हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here