साफ यू-१९ च्याम्पियनसीपः भारतद्वारा बंगलादेश पराजित


४ आश्विन २०८०, बिहीबार १७:३० मा प्रकाशित

काठमाडौं । राजधानीमा बिहीबारबाट सुरु साफ यू-१९ च्याम्पियनसीपमा भारतले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।

नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here